गजल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गजल


२ बैशाख २०७४, शनिबार


जवानी माग्नेहरु साहारामा लैजाउ जवानी
प्यासी छु म कुवा धारामा लैजाउ जवानी

डाहा गर्ने धेरै छन्, देखे डाहा गर्लान् यहाँ
लैजाउ छुपेरुस्तम् पारामा लैजाउ जवानी

कहाँ कहाँ लैजान सक्छौ काउकुति लाग्दैछ
सक्ने भए अंग अंग सारामा लैजाउ जवानी

मागेर मात्रै पाइएला जस्तो छैन भने माया
आन्दोलनको नारा नारामा लैजाउ जवानी

आउ दुवै मिली बनाउला एउटा गुँड पिरतीको
बस्नु गुँडैमा मैले दिने चारामा लैजाउ जवानी

Tags :
प्रतिक्रिया दिनुहोस