पन्ध्र किलो गाँजासहित दुईजना पक्राउ « प्रशासन
Logo २६ माघ २०७९, बिहिबार
   

पन्ध्र किलो गाँजासहित दुईजना पक्राउ


प्रशासन संवाददाता

३० चैत्र २०७३, बुधबार


लहान । लागुऔषध गाँजासहित सिरहाको गोलबजार क्षेत्रबाट बुधवार प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालयको टोलीले बोरामा गाँजा प्याक गरिरहेको अवस्थामा १५ किलो गाँजासहित मुक्सारबाट स्थानीय नेमचन साह तेली र उदयपुर रिस्कु–२ निवासी प्रेमवहादुर राईलाई पक्राउ गरेको हो ।

गाँजा बोरामा प्याकिङ गरी निकासीको तयारी गरिरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मुक्सारस्थित छत्रबहादुर राईको गोठबाट बोरामा गाँजा प्याकिङ गरिरहेकै अवस्थामा ती दुवै जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायले जानकारी दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस