निर्वाचन नभए लोकतन्त्र समाप्त हुन्छः नेता पौडेल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निर्वाचन नभए लोकतन्त्र समाप्त हुन्छः नेता पौडेल


३० चैत्र २०७३, बुधबार


पाल्पा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचन नभए लोकतन्त्र समाप्त हुने बताएका छन् ।

नेपाल प्रेस युनियन, पाल्पा शाखाको आयोजनामा आज तानसेनमा भएको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले मुलुकमा स्थानीय तहको निर्वाचन टार्ने कोसिस भइरहेको भएपनि त्यो गलत हुने बताए ।

मधेसी मोर्चाको मागप्रति लक्ष्यित गर्दै नेता पौडेलले भने,“सुधारिएको प्रस्ताव संसद्मा दर्ता भएको छ । संविधान संशोधनको प्रक्रिया अगाडि बढेको छ ।”

पटक पटकको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि निर्वाचन अपरिहार्य रहेको नेता पौडेलको भनाइ छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस