Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

औलो प्रभावित क्षेत्रमा दशदिने अभियान


३० चैत्र २०७३, बुधबार


औलो

झापा । औलो प्रभावित क्षेत्र झापाको कचनकवल गाउँपालिका–५ स्थित पाठामारीमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाले औलो निवारणका लागि मङ्गलबारदेखि १० दिने अभियान सुरु गरेको छ ।

झापाको सबैभन्दा बढी औलो रोगी रहेको पाठामारीमा ‘औलो रोग निवारणका लागि वातावरण सरसफाइ तथा व्यवस्थापन अभियान’ सुरु गरिएको भेक्टर कन्ट्रोल अधिकृत वेदप्रसाद घिमिरेले जानकारी दिए ।

अभियानअन्तर्गत पशुपति आधारभूत विद्यालय पाठामारीको हाताभित्र रहेको खाल्डाखुल्डी पुरिनाका साथै झारपात नष्ट गरिएको थियो ।

दशदिने अभियानमा पाठामारी क्षेत्रमा रहेका सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी पुर्ने, ब्लिचिङ पाउडर छर्कने कामका साथै आसपासका क्षेत्रमा रहेका झारपात नष्ट गर्ने कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत जीवन चौलागाईंले जानकारी दिए ।

पाठामारी झापाको सबैभन्दा बढी औलो रोग प्रभावित क्षेत्रमा पर्छ । आव २०७२/७३ मा यस क्षेत्रमा १६ जना औलो रोगी फेला परेका थिए भने चालु आर्थिक बर्षमा चारजनामा औलो फेला परेको छ । रासस

प्रतिक्रिया दिनुहोस