Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पर्यटक डाक्न ‘अतिथि देवो भवः’ अभियान


२९ चैत्र २०७३, मंगलबार


चितवन । नेपालमा बाह्य पर्यटक भित्र्याउन ‘अतिथि देवो भवः’ अभियान सुरु गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) तथा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाको सहकार्यमा यो अभियान सुरु गरिएको हो ।

नेपालीहरुको आतिथ्यताको शैली र संस्कारलाई व्यवहारमा उतार्दै र बाह्य देशमा फैलाउँदै पर्यटक भित्र्याउने लक्ष्यसहित अतिथि देवो भवः अभियान थालिएको नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुमन घिमिरेले जानकारी दिए ।

अहिले विभिन्न प्रचारात्मक अभियान थालिएको र चैत २८ मा उक्त अभियानअन्तर्गत पहिलो चरणमा नेपालका चार वटा मुख्य पर्यटकीय गन्तव्य क्षेत्रमा ‘नमस्ते अभियान’ कार्यक्रम सञ्चालन गरिएको छ ।

नेपालकै तेस्रो पर्यटकीय नगरी सौराहासहित काठमाडौँ, पोखरा र लुम्बिनीमा यही चैत २८ गते एकैसाथ ‘नमस्ते अभियान’ कार्यक्रम सञ्चालन गरिएको हो ।

क्षेत्रीय होटल सङ्घ चितवनका महासचिव राममणि खनाल यो अभियानले नेपालमा पर्यटक भित्र्याउन सहयोग पुग्ने भन्दै सौराहाले अझै शुद्ध विश्व प्रसिद्ध सफारी पर्यटनका साथै नेपाली संस्कार र संस्कृति पस्कने प्रतिबद्धता जनाउनुभयो ।

नेपालको नेचर, कल्चर र एड्भेञ्चरको परिचय दिँदै अतिथि देवो भवः भन्ने नेपाली संस्कारलाई व्यवहारमा उतार्नका लागि यो अभियान सुरु गरिएको नमस्ते अभियान कार्यक्रमका संयोजक लक्ष्मण गौतमले जानकारी दिए ।

नमस्ते कार्यक्रमपछि वर्षभरि गरिने अभियानका बारेमा तालिका नै सार्वजनिक गरिने समेत उनको भनाइ छ । मुख्यतः नेपाल राजनीतिक र प्राकृतिक सङ्कटबाट मुक्त छ भनेर विदेशमा प्रचार गर्ने अभियानको अभिप्राय हो ।

विदेशमा सबै काम एनआरएनएका प्रतिनिधिको अगुवाइमा हुने छ । विश्वका ७५ देशमा एनआएनएका राष्ट्रिय समन्वय परिषद् छ । सो परिषद्मार्फत विभिन्न देशमा एक जना एनआरएनएले तीन जना पर्यटकलाई नेपाल पठाउने लक्ष्यसहित अभियान सुरु गरिएको उक्त अभियानका सचिवालय सदस्य भरत चन्दले बताए ।

“विेदेशबाट पर्यटक पठाएर मात्रै भएन, उनीहरुलाई राम्रो आतिथ्यता हुनुप¥यो, स्वागत सत्कार राम्रो भयो भने न पर्यटक दोहो¥याएर आउँछन्,” चन्दले थपे– “उनीहरुले साथीभाइलाई पनि भन्छन्, हो त्यसैका लागि अतिथि देवो भवः र नमस्ते कार्यक्रम ल्याइएको हो ।”

एनआरएनएका उपाध्यक्ष तथा पर्यटन प्रवद्र्धन नेपाल समिति, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भुवन भट्टको संयोजकत्वमा अभियान सञ्चालन गरिएको छ ।

पछिल्लो समयमा नेपालमा भूकम्पअघि जस्तै पर्यटकको आगमन बढेको छ । साविकजस्तै अहिले नेपालमा वार्षिक करिब आठ लाख पर्यटक आउन थालेको नमस्ते कार्यक्रमका संयोजक गौतम बताउछन् ।

यो अभियानले नेपाल आउने पर्यटकको सङ्ख्या वार्षिक १५ लाखभन्दा बढी पु¥याउने लक्ष्य राखेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस