४ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘स्रष्टा चैत्र ३०’ सम्मान तमोट र जोशीलाई

अ+ अ-

काठमाडौँ। लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रले खेलेको भूमिकाको स्मरणमा स्थापित ‘स्रष्टा चैत्र ३०’ संस्थाले यस वर्षको सम्मान स्रष्टा श्याम तमोट र नन्दकृष्ण जोशीलाई प्रदान गर्ने भएको छ ।

लेखन र कर्मबाट लोकतान्त्रिक आन्दोलन तथा संस्कृति निर्माणमा उल्लेखनीय योगदान गरेबापत उनीहरुलाई सम्मान दिइने भएको हो । तमोटको ‘गाउँ गाउँबाट उठ….’ बोलका गीत लोकप्रिय भने जोशीले देउडा गीतबाट जनआन्दोलनमा जनता जोगाएका थिए ।

संस्थाका अध्यक्ष मनोज न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । विसं २०६३ देखि दिन थालिएको सो सम्मान यही चैत ३० गते बत्तिसपुतलीको शिल्पी थिएटरमा प्रदान गरिनेछ । लोकतान्त्रिक आन्दोलनका क्रममा विसं २०६२ चैत ३० गते पुरानो बानेश्वरको गुरुकुल (आरोहण)बाट स्रष्टाहरुले निकालेको जुलुसमा तत्कालीन सरकारले निर्मम दमन गरेको त्यस दिनलाई स्रष्टाले कालो दिनका रुपमा स्मरण गर्दै आएको संस्थाका उपाध्यक्ष तथा प्रवक्ता प्रकाश सिलवालले बताए ।

यसअघि सो सम्मानबाट आनन्ददेव भट्ट, वैरागी काइँला, डा तुल्सी भट्टराई, निनु चापागार्इं, किरण मानन्धर, डा वेञ्जु शर्मा, मञ्जु काँचुली, पूर्ण विराम, डा अमर गिरी, हरिगोविन्द लुइँटेल, उत्तमकृष्ण मजगैँया, किसान प्रेमी, अशेष मल्ल, विमल निभा, राम विनय, विजय बजियम, सुलोचना मानन्धर, डा दुवसु क्षेत्रीलगायत सम्मानित भइसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस