३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यकः नेता खनाल

अ+ अ-

काठमाडौँ। नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनका लागि तीनवटै तहको निर्वाचन गर्न आवश्यक रहेको बताएका छन् ।

एमाले इलाम–काठमाडौँ सम्पर्क मञ्चले आइतवार सहिद रत्नकुमार बान्तवाको ३८औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले तीनवटै तहको निर्वाचन नगरे मुलुकमा सङ्क्रमणकाल बढ्ने बताए ।

“एमाले जतिबेला पनि निर्वाचनका लागि तयार छ,” उनले भने । सहिद बान्तवाको सम्मानका लागि पार्टी गम्भीरतापूर्वक लागिपरेको र उनलाई पार्टीले कहिल्यै नबिर्सने बताए । बान्तवाको नाममा प्राविधिक शिक्षालय सञ्चालनको तयारी भइरहेको नेता खनालले जानकारी दिए ।

वि.सं. २००८ चैत २७ गते जन्मिएका बान्तवा २७ वर्षको उमेरमा २०३५ सालमा इलामको इभाङमा प्रहरीको गोलीबाट मारिएका थिए । अर्का योद्धा बमप्रसाद बान्तवाको विषयमा भने यथोचित काम गर्न नसकेको खनालले स्वीकार गरे । बमप्रसाद समेत पञ्चायतविरुद्धको आन्दोलनका क्रममा इलाममै मारिएका थिए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्यद्वय देवराज घिमिरे र रामकुमारी झाँक्रीले आफ्नो धारणा राखेका थिए । रासस

प्रतिक्रिया दिनुहोस