सडक विस्तारविरुद्ध रिले अनसन « प्रशासन
Logo २ आश्विन २०७८, शनिबार
   

सडक विस्तारविरुद्ध रिले अनसन


२३ चैत्र २०७३, बुधबार


काठमाडौँ । गैर न्यायिक सडक विस्तारविरुद्घ काठमाडौँ उपत्यकाव्यापी सडक विस्तार संघर्ष समितिले बुधवारदेखि शान्तिबाटिका, रत्नपार्कमा रिले अनसन शुरु गरेको छ । आफुहरुका माग पुरा नहुनसम्म अनसन जारि राख्ने संघर्ष समितिका अध्यक्ष सुमन सायमीले बताए ।

समितिले रिले अनसनसँगै हस्ताक्षर संकलन कार्यक्रम पनि गरिरहेको छ । हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने गरी संकलन गरिरहेको समितिले जनाएको छ । गैर न्यायिक सडक विस्तारको मागहरु सुनाएपछि सहमति जनाउनेले हस्ताक्षर गर्ने शान्त प्रकास श्रेष्ठ बताउछिन् ।

बुधवारबाट शुरु गरिएको अनसनमा सुमन सायमी, शान्त प्रकाश श्रेष्ठ, राधा कृष्ण श्रेष्ठ, मान काजी मानन्धर, सानु बाबु विसुंखे, महेश कांरजित, अच्युत कुमार पण्डित क्षेत्री, धिरुज श्रेष्ठ, सचिता श्रेष्ठ, रिता महर्जन र गौतम दास मानन्धर रहेका छन् । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको रिले अनसन थालिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस