१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आकर्षक सुटिङस्थल बन्दै सोलुखुम्बुको पत्तालेडाँडा

अ+ अ-

सोलुखुम्बु । समुद्री सतहबाट दुईहजार ७०० मिटरभन्दा माथिको उचाइमा रहेको सोलुखुम्बुको पत्ताले डाँडा चलचित्र तथा म्युजिक भिडियो छायाँङकनका लागि पनि राम्रो मान्न थालिएको छ ।

मौसम खुलेको बेलामा चिसो हावासँगै मोहित पार्ने हिमशृङ्खलाको दृष्यसँगै घुम्न मात्र होइन, विभिन्न कथामा बन्ने चलचित्र तथा भिडियो समेत निर्माणका लागि समेत उपयुक्त थलो रहेको चलचित्रकर्मी बताउँछन् ।

एक महिनादेखि ‘स्वर्ग मेरो गाउँ’ चलचित्रको सुटिङ युनिट सोलुखुम्बुको पत्तालेमा छ । उनीहरुले चलचित्रको ९० प्रतिशत सुटिङ पत्ताले र आसपासका क्षेत्रमा गरिसकेका छन् । अन्तिम गीतको छायाङ्कनमा ब्यस्त भएको चलचित्र युनिट अनुकूल मौसमबाट मोहित भएको प्रतिक्रिया दिन्छन् । चलचित्रकी नायिका भावना गुरुङले अब बन्ने चलचित्र तथा म्युजिक भिडियोका लागि पनि पत्तालेलाई सिफारिस गर्ने बताइन् ।

चलचित्रका निर्माता र निर्देशक रामकृष्ण बजगाईंले निर्माणाधीन चलचित्रको कथा समेत आफैंले तयार पारेका हुन् । चलचित्रले स्वर्ग नेपालमै भएको सन्देश दिने अपेक्षा उनले गरेका छन् । बजगार्इं यहाँ अझै आधादर्जन कथामा चलचित्र छायाङ्कन गर्न सकिने सम्भावना दर्शाउँछन् । चलचित्रमा भावना गुरुङ र नरेन खड्कालगायतका दर्जनौँ कलाकर्मीले अभिनय गरेका छन् ।

नायक नरेन खड्का पत्तालेलाई सुटिङ हबको रुपमा विकास गर्न सकिने सम्भावना भएको बताउँछन् । सो डाँडामा यसअघि पनि केही गीतको म्युजिक भिडियो छायाँङ्कन गरिसकिएको छ ।

स्थानीय निकायले समेत पत्तालेलाई पर्यटन विकासको आशलाग्दो क्षेत्रको रुपमा लिएको अवस्थामा त्यस क्षेत्रको विकासका लागि स्थानीयको मत पनि एक देखिएको छ ।

स्थानीय अगुवा प्रकाश मगर पत्तालेमा पर्यटकीय दृष्टिले प्रशस्त सम्भावना रहेकाले विकासका लागि आशलाग्दो प्रयास भइरहेको बताउँछन् । सगरमाथासहित आठ हजारभन्दा माथिको उचाइ भएका करिब आधादर्जन हिमाल देख्न सकिने भएकाले पनि पत्तालेले धेरैलाई आकर्षण गरिरहेको छ ।

सो क्षेत्रको विकासका लागि सरकारी तथा गैरसरकारी पक्षले बेलैमा ध्यान दिनसके त्यस भेगका नागरिकलाई मात्र होइन, समग्र नेपालको अर्थतन्त्रमा समेत टेवा पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस