स्थानीय तहमा पुग्न एमाले नेतालाई जिम्मेवारी « प्रशासन
Logo २५ आश्विन २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

स्थानीय तहमा पुग्न एमाले नेतालाई जिम्मेवारी


२३ चैत्र २०७३, बुधबार


काठमाडौँ । नेकपा (एमाले) को ‘स्थानीय तह निर्वाचन अनुगमन तथा समन्वय समिति’को प्रथम बैठकले सबै केन्द्रीय सदस्य, केन्द्रीय निकाय, सल्लाहकार परिषद्, केन्द्रीय विभाग, जनसङ्गठनका केन्द्रीय पदाधिकारी तथा सदस्य एवम् सांसदलाई यही चैत मसान्तसम्म सम्बन्धित भूगोलमा पुगेर निर्वाचन अभियानमा सहभागी हुन जिम्मेवारी दिएको छ ।

सोमबारको स्थायी कमिटीको बैठकबाट महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित सो समितिले वैशाख ३१ गते निर्धारित स्थानीय तह निर्वाचनमा पार्टीको विजयलाई सुनिश्चित गर्न सो आह्वान गरेको हो ।

बैठकले निर्वाचन आयोगलगायत निकायसँग समन्वय गर्न संसदीय दलका उपनेता सुवास नेम्वाङको संयोजकत्वमा रघुजी पन्त, राजेन्द्र पाण्डे, अग्नि खरेल र भानुभक्त ढकाल रहेको उपसमिति गठन गरेको छ । सुरक्षा निकायलगायत प्रशासनसँग समन्वयका लागि महासचिव पोखरेलको संयोजकत्वमा प्रदीप ज्ञवाली र कृष्णगोपाल श्रेष्ठ रहेको उपसमिति गठन गरिएको छ । प्रचार संयोजनको जिम्मा प्रचार विभाग प्रमुख योगेश भट्टराईलाई दिइएको छ ।

त्यस्तै, प्रदेशमा निर्वाचनको तयारीका काम सम्बन्धमा जानकारी लिन र समन्वय गर्न क्रमशः भानुभक्त ढकाल, वंशीधर मिश्र, रघुजी पन्त, बेदुराम भुसाल, रामकुमारी झाँक्री, छविलाल विश्वकर्मा र अग्नि खरेललाई जिम्मा दिइएको छ । रासस

प्रतिक्रिया दिनुहोस