युगको प्रारम्भ गर्दैछौंः विष्ट « प्रशासन
Logo २९ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

युगको प्रारम्भ गर्दैछौंः विष्ट


२२ चैत्र २०७३, मंगलबार


काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार विष्टले २०७४ सालदेखि खेलकुदमा नयाँ युगको प्रराम्भ गर्ने बताएका छन् ।

राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)ले आयोजना गरेको कोचेस सर्टिफिकेसन प्रोग्रामको प्रारम्भिक चरणको कक्षा समापन कार्यक्रममा बोल्दै सदस्य–सचिव विष्टले भने– ‘२०७४ सालदेखि खेलकुदमा नयाँ युगको प्रारम्भ गर्दैछौं । हामीले प्रस्ताव गरे अनुसारको बजेट पास भयो भने खेलकुदमा आउँदो वर्षदेखि चमात्कार हुन्छ । यदि सरकारले हामीले प्रस्ताव गरे जति बजेट दियो भने तपाईंहरुले कल्पना नगरेको परिवर्तन खेलकुदमा आउछ । विगतको जस्तै बजेट आयो भने हामीले चाहे जस्तो परिवर्तन गर्न सम्भव छैन । सरकारले खेलकुदबाट पदक आशा गर्ने हो भने खेलकुदलाई आवश्यक बजेट उपलब्ध गराउनु पर्छ । मलाई विश्वास छ सरकारले खेल क्षेत्रलाई निराश पार्ने छैन ।’

सदस्य–सचिव विष्टले दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले कोर्स सञ्चालन गरिएको बताउदै सहभागी इमानदारीपूर्वक आफूले सिकेको ज्ञानलाई व्यहारमा उतार्न आग्रह गरे ।

गत माघ २० गतेदेखि सुरु भएको कोर्समा विभिन्न ९ खेलका १ सय ६३ जना सहभागी छन् । मंगलबार कोर्सको सैद्धान्तिक कक्षा सम्पन्न भएको हो । अब सहभागीहरुले बैशाख मसन्तसम्म १ महिनाको ‘इन्टर्न’ गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस