Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

हिसिलाले मागिन् माफी, बेहोसीमा अपशव्द बोलेको दावी


प्रशासन संवाददाता

२२ चैत्र २०७३, मंगलबार


काठमाडौं । नयाँ शक्ति पार्टी नेपालकी नेतृ हिसिला यमीले प्रहरी धरपकडका क्रममा मातृभूमिप्रति आफूले कुनै अपमानजनक शव्द नबालेको बताएकी छन् ।

उनले सोमबार पत्रकार सम्मेलन गर्दै मातृभूमिको अपमान गर्ने आफ्नो कुनै मनसाय नरहेको बताएकी हुन् । आइतबार निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा धर्ना दिने क्रममा प्रहरीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उनकी पत्नी यमी लगायतलाई पक्राउ गरेको थियो । त्यसक्रममा यमीले ‘यो देश खारेज गर’ भन्ने नारा लगाएकी थिइन् ।

झण्डै एक घन्टाको ठेलमठेलमा आफू अर्धमूर्छित हुन पुगेको तर, पति डा. बाबुराम भट्टराईलगायत सम्हालेको उनले बताइन् ।
लगतै सुरक्षाकर्मीहरुले पक्राउ गर्दा आफूले आवेश र अर्धचेत अवस्थामै नाराबाजी गरेको भन्दै नयाँ शक्तिकी अन्तराष्ट्रिय सम्वन्ध विभाग प्रमुख यमीले भनिन्, त्यसैक्रममा स्थानीय निर्वाचन ऐनको यो आदेश खारेज हुनुपर्छ भन्न खोज्दा बेहोसीपूर्वक अन्यथा हुन भन्न पुगेछु ।’

नेपाली भाषामा राम्रो दखल नहुनुका साथै आन्दोलनको दबाव, आवेश र बेहोसीमा आदेशलाई अन्यथा भन्न पुगेको भन्दै उनले भनिन्, साथीहरुले रोकेपछि मात्र म होसमा आएँ र आफ्नो गल्ती महसुस गरेँ ।’

यो परिस्थिति जन्य घटना भएको भन्दै उनले भनिन्, ‘बेहोसीमा आफ्नो देशविरुद्ध मबाट जे जस्ता शब्दहरु निस्किए, यसप्रति म अत्यन्त दुःखी छु । म अन्तरहृदयदेखि सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीसँग क्षमायाचना गर्दछु ।’

साथै आगामी दिनमा आफ्नो अभिव्यक्तिमा पूर्ण समेत रहने समेत नेतृ यमीले बताएकी छन् ।

प्रेस विज्ञप्ती

प्रिय पत्रकार मित्रहरु

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु !
चैत २० गते नयाँ शक्ति पार्टीले आयोजना गरेको अन्दोलनको क्रममा मैले हाम्रो प्यारो देशलाई अपमान र आधात पर्नेगरी बोलेको भन्ने सम्बन्धमा आएका समाचार र प्रतिक्रियाप्रति मेरो ध्यानाकृष्ट भएको छ । यसै बिषयलाई लिएर विनम्रतापूर्वक स्पष्टीकरण दिन चाहन्छु ।

यही चैत २० गते हाम्रो पार्टी नयाँ शक्ति पार्टी, नेपाल लगायत ६३ दलहरुले हालै जारी गरिएको स्थानीय तह निर्वाचन ऐन २०७३ मा संसदबाहिर रहेका दलहरुलाई निर्वाचन चिन्ह नदिने व्यवस्था गरिएको विरोधमा निर्वाचन आयोग समक्ष धर्ना दिने कार्यक्रम राखेका थिए । सो कार्यक्रममा पार्टीको काठमाडौं जिल्ला उत्प्रेरकको हैसियतले म विहानैदेखि सक्रिय थिएँ । धर्नास्थल र त्यसतर्फ जाने बाटोलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेकाले कार्यक्रमको शुरुदेखि नै प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल चलिरहेको थियो । धर्नाको नेतृत्वपंक्तिमै रहेकाले म पनि त्यो धकेलाधकेलमा परें । झण्डै एक घण्टाजतिको सकस र ठेलमठेलमा म अर्धमुर्छित जस्तै हुन पुगेछु । त्यो वेला मेरा पति डा। बाबुराम भट्टराई लगायत अन्य साथीहरुले मलाई सम्हालेर राख्नुभएको थियो । त्यसैबीच सुरक्षाकर्मीहरुले हामीलाई समातेर सुरक्षा भ्यानमा राखे । म त्यो वेला आवेस र अर्धचेतकै अवस्थामा थिएँ । तीब्र आवेसमा म चिच्याउँदै नाराबाजी गर्न लागेछु । त्यसैक्रममा मैले स्थानीय निर्वाचन ऐनको ‘यो आदेश खारेज हुनुपर्छ’ भन्न खोज्दा वेहोशीपूर्वक अन्यथा हुनपुगेछ । म जनजाति समुदायकी छोरी भएकोले मेरो नेपाली भाषामा राम्रो दखल छैन । त्यसैले आन्दोलनको प्रेसर, भाषागत कमजोरी र वेहोसीमा मैले आदेशलाई अन्यथा उच्चारण गर्न पुगेको हुँ । पछि साथीहरुले रोकेपछि मात्रै म होशमा आएँ र आफ्नो गल्ती महसुस गरें ।

म आजीवन देश र जनताको निम्ति समर्पित हुँदै आएकी छु । मेरो सम्पूर्ण परिवार नै देशको हितमा राजनीतिक आन्दोलनमा सहभागी हुँदै आएको छ । हाम्रा वीर पुर्खाहरुले आर्जेको र जोगाएर राखेको यो स्वाधीन र सार्वभौम देश नेपाललाई म असाध्यै माया गर्छु । हाम्रो देश छ र नै त हामी नेपाली भनेर गर्वका साथ बाँचेका छौं । त्यसैले यो पवित्र मातृभूमिका विरुद्ध कुनै पनि अपमानजन्य कुरा म बोल्न त के सोच्न पनि सक्दिनँ । तर त्यो परिस्थितिजन्य घटना र वेहोसीमा आफ्नो प्यारो देशका विरुद्ध मबाट जे जस्ता शब्दहरु निस्किए सोप्रति म अत्यन्त दुस्खित छु । म अन्तरहृदयैदेखि यसवापत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुसँग क्षमायाचना गर्दछु । मलाई भाषागत कमजोरी देखाई सचेत गर्ने सबै दाजुभाइ दिदीबहिनीहरुलाई धन्यवाद दिन चाहन्छु । आगामी दिनमा आफ्ना अभिव्यक्तिहरुमा पूर्ण सचेत रहने प्रतिवद्धता व्यक्त गर्दछु ।

––––––––––––––––––––
हिसिला यमी

संयोजक, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग
नयाँ शक्ति पार्टी, नेपाल

प्रतिक्रिया दिनुहोस