युनिभर्सिटी क्रिकेट आजदेखि « प्रशासन
prasaLogo
२२ चैत्र २०७३, मंगलवार

युनिभर्सिटी क्रिकेट आजदेखि


प्रकाशित मिति : 4 April, 2017 6:25 am

काठमाडौँ । युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा युनिभर्सिटी क्रिकेट कप मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा उपत्यकाका १६ कलेज टिमहरुको सहभागिता रहने क्लबका अध्यक्ष सुमनराज कार्कीले जनाएका छन् ।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ५ तथा उदीयमान ३ खेलाडीलाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले एक वर्षसम्म निःशुल्क प्रशिक्षण र प्रतियोगिताहरुमा खेलाउने बताइएको छ ।

चैत २२ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताका लागि अनुमानित १० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस