असुरक्षाका कारण एनजीओकर्मीले गाउँ छाडे « प्रशासन
Logo २५ आश्विन २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

असुरक्षाका कारण एनजीओकर्मीले गाउँ छाडे


२१ चैत्र २०७३, सोमबार


जाजरकोट । असुरक्षाको कारण देखाउँदै जाजरकोटमा कार्यरत एनजीओकर्मीले गाउँ छाडेका छन् । गैरसरकारी संस्था महासङ्घको निर्देशनअनुरुप उनीहरू गाउँ छाडेर सदरमुकाम खलङ्गा केन्द्रित भएका हुन् ।

पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष रवीन्द्रशमशेर शाहको गत १५ गते बेलुकी भएको हत्यापछि यहाँ कार्यरत एनजीओकर्मीले असुरक्षा महसुस गरेका थिए । उनीहरू आतङ्कित बनेपछि गैरसरकारी संस्थाबाट सञ्चालित कार्यक्रम प्रभावित बनेका छन् ।

प्रहरीले शाहका हत्यारालाई पक्राउ गर्न नसकेको र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै जिल्लाभर सञ्चालित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सम्पूर्ण कार्यक्रम अनिश्चित कालका लागि स्थगित गरेको सचिव बालकुमार शर्माले बताए ।

असुरक्षाका कारण कार्यक्षेत्रका सबै कर्मचारी सदरमुकाम खलङ्गा फर्काएको र अनिश्चितकालका लागि कार्यक्रम पनि स्थगित गरेको उनको भनाइ छ । “सामाजिक क्षेत्रको अगुवाइ गरेका व्यक्तिको सदरमुकामभित्रै दिनदहाडै हत्या हुनु र पाँच दिन बित्दा पनि हत्यारा पत्ता लगाउन नसक्ने प्रहरी प्रशासनले अरुको पनि के सुरक्षा देला ?” उनले भने, “सरकारको सहयोगी निकायका रूपमा रहेका गैरसरकारी संस्थामा काम गर्ने सामाजिक कार्यकर्ताको असुरक्षा बढ्दा दुर्गम गाउँमा कसरी काम गर्ने ?”

सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म जिल्लामा सञ्चालित सबै कार्यक्रम अनिश्चितकालका लागि स्थगित गर्न बाध्य भएको शर्माले बताए । अहिले हेल्भेटास नेपाल, सेभ द चिल्डेन, कारितास अस्टे«लिया, युएसएआइडीलगायत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र दर्जनभन्दा बढी स्थानीय संस्थाद्वारा सञ्चालित सबै कार्यक्रम स्थगित भएका छन् ।

ती संस्थामा कार्यरत ५०० भन्दा बढी कर्मचारी खलङ्गामा केन्द्रित भएका छन् । मृतक शाह अध्यक्ष रहेको संस्थामा मात्र १२० बढी कर्मचारी कार्यरत थिए । गैरसरकारी संस्था महासङ्घ जाजरकोटले शाहका हत्यारालाई दुई दिनभित्र पत्ता नलगाए प्रहरी प्रशासनविरुद्ध कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।

भेरी नगरपालिका–३, थाप्ले निवासी शाहको जिल्ला अस्पताल नजिकै जाजरकोट डोल्पा सडकमा इभिनिङ वाकको क्रममा सात÷आठ जनाको समूहमा रहेका अपरिचित व्यक्तिले ढुङ्गाले हानेर हत्या गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस