बलिउड कलाकार राजपाल गिरानचौरमा « प्रशासन
prasaLogo
२० चैत्र २०७३, आईतवार

बलिउड कलाकार राजपाल गिरानचौरमा


प्रकाशित मिति : 2 April, 2017 8:04 am

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको गिरान्चौरमा हास्य कलाकार धुर्मुस र सुन्तल ले निर्माण गरेको गिरान्चौर एकीकृत नमुना बस्तीमा बलिउडका चर्चित कमेडियन राजपाल यादव पुगेका छन् ।

त्यहाँ पुगेर उनले आफ्नो ‘करोडपति’ को छायांकन गिरान्चौरमै गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष कट्टेलले राजपालले धर्ती मातालाई नमन गर्दै एक सेलिब्रेटीको प्रयासले यस्तोसम्म मानवीय कार्य गर्न सकिने बताए । ‘आज म स्वर्गमा पुगेको अनभूति गर्दैछु’, भन्दै भगवानलाई धन्यवाद दिए ।

राजपालले अभिनय गरेको करोडपति चलचित्रमा नेपालका दुई कलाकार पनि छन् । नेपालबाट नायक आर्यन अधिकारी र नायिका नीता ढुंगाना, राजपालसँग स्क्रिन शेयर गरिरहेका छन् । यादवले करिब २ साता नेपालमा यो चलचित्रको छायांकन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस