१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीनवटै निर्वाचनपछि मुलुक समृद्धिको बाटोमाः अध्यक्ष ओली

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानमा तोकिएको मितिमा तीनै तहको निर्वाचन सम्पन्न गरेपछि मात्रै मुलुक समृद्धिको बाटोमा अघि बढ्ने वताएका छन् ।

स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा समृद्ध र सुखी नेपालको पार्टीको प्रस्तावित अवधारणामा भएको विद्वतसभामार्फत सुझाव लिँदै अध्यक्ष ओलीले लोकतन्त्रको आधारशीला निर्वाचन भएकाले यसलाई समयमै सम्पन्न गराउन सबैको भूमिका हुने र निर्वाचनमा जनताले सही नीतिका आधारमा छान्ने दलले मुलुकको नेतृत्व गर्ने स्पष्ट पारेका हुन् ।

संविधानमा आगामी २०७४ माघ ७ गतेभित्र संघ, प्रदेश र स्थानीय निर्वाचन सम्पन्न गर्नुपर्ने उल्लेख भएकोमा स्थानीय तह निर्वाचनको मिति आउँदो वैशाख ३१ का लागि निर्धारण गरिएको छ ।

अध्यक्ष ओलीले संविधानसभाका ९० प्रतिशतभन्दा बढी सभासद्ले जारी गरेको संविधान कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिँदै भने, “दुईचार जनालाई मन परेन भन्दैमा उनीहरूको जिद्दीले संविधान संशोधन हुँदैन । पार्टीको स्वार्थभन्दा देशको स्वार्थ माथि राख्नुपर्छ । लोकतन्त्र भनेको पनि त्यही हो ।”

उहाँले छिमेकी चीनले प्रस्ताव गरेको ‘वान बेल्ट वान रोड’ मा हस्ताक्षर गर्न नेपालले ढिलो गर्न नहुने पनि बताए ।

ओलीले राष्ट्रिय पुननिर्माण प्राधिकरणका पछिल्ला काम सन्तोषजनक नभएको जिकीर गर्दै शिक्षा, स्वास्थ्य, पर्यटन, वातावरण, पूर्वाधार र उर्जालगायतका क्षेत्रमा प्रचुर सम्भावना भएकाले नेपाललाई समृद्ध बनाउन सम्भव हुने बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले एमाले अध्यक्ष ओलीसहित बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस