२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालीको समृद्धि नै पार्टीको सपनाः डा भट्टराई

अ+ अ-

धनगढी । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सबै नेपालीको समृद्धि नै आफ्नो पार्टीको सपना रहेको बताएका छन् ।

नयाँ शक्ति पार्टीले थालेको हिमाल, पहाड, तराई र मधेस राष्ट्रिय अभियानको अन्तिम दिन आइतबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै डा. भट्टराईले देशलाई एकताबद्ध बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले विगतमा एकात्मक राज्य चाहने केही पक्षले सङ्घीयताविरोधी काम गरेका कारणले नै सङ्घीय संरचनाको सवालमा अहिले विरोधका स्वर उठेको दाबी गरे । एउटै जातिको प्रभुत्व कायम गर्नेगरी सङ्घीयताको संरचनामा जाँदा यस्तो सङ्घीयता कार्यान्वयन हुन नसक्ने बताउँदै उनले जातीय क्लष्टर मिल्ने गरी सङ्घीयताको ठीक ढङ्गले प्रवद्र्धन गर्नु जरुरी रहेको बताए ।

नेपालको संविधान उत्कृष्ट भएपनि त्यसमा केही कमीकमजोरी रहेको उल्लेख गर्दै डा भट्टराईले भने, “सबैको चित्त बुझ्ने गरी संविधान संशोधन गरेपछि मात्र निर्वाचनमा जानुपर्छ ।” ठूला पार्टी सत्ताको खेलमा लागेका कारण संविधान जारी भएको डेढ वर्षसम्म पनि संशोधन हुन नसकेको उनले बताए ।

उनले विदेशी हस्तक्षेपबाट बच्न आन्तरिक राष्ट्रिय एकता हुनुपर्ने आवश्यक रहेकोमा जोड दिँदै संविधानमा नसमेटिएका शक्तिलाई समेट्न नसके देशमा बिग्रह निम्तिने चेतावनी दिए ।

नयाँ शक्ति पार्टीका भीमबहादुर खडायतको सभापत्विमा भएको सभामा नेता महेन्द्र पासवान, नवराज सुवेदी, रामकुमार शर्मा, नेतृ हिसिला यमी, करिष्मा मानन्धर, सांसद गङ्गा चौधरी, डा. जनक शाहलगायतले पनि बोलेका थिए । रासस

प्रतिक्रिया दिनुहोस