Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बेनी बजार संरक्षण आयोजना सुरु


६ चैत्र २०७३, आइतबार


म्याग्दी । म्याग्दी सदरमुकाम बेनीबजार संरक्षणका लागि नदी नियन्त्रण आयोजना सुरु भएको छ ।

कालीगण्डकी र म्याग्दी नदीको कटान नियन्त्रण गरी बेनी बजारलाई सुरक्षित बनाउने उद्देश्यले एक करोड २० लाख लागतको आयोजना निर्माण सुरु भएको हो ।

कालीगण्डकी नदी किनारमा पक्की र म्याग्दी नदी किनारमा मेसिनरी पर्खाल लगाउने काम सुरु भएको जलउत्पन्न प्रकोप नियन्त्रण सवडिभिजन कार्यालय बागलुङले जनाएको छ ।

यसवर्ष कालीगण्डकी किनारमा ६२.५ मिटर पक्की पर्खाल निर्माण गर्न ७५ लाखमा सम्झौता गरेको विकास निर्माण सेवाले काम सुरु गरेको छ । ७.४० मिटर अग्लो पर्खाल बनाइने सवडिभिजन प्रमुख इञ्जिनियर खगेन्द्र भट्टचनले बताए ।

म्याग्दी नदी किनारमा ७२ मिटर लम्बाइ र पाँच मिटर अग्लो मेसिनरी पर्खाल निर्माण गर्न ४६ लाख २० हजारमा पोखराको बिजी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको छ । आगामी असारअघि नै काम सम्पन्न गर्ने विकास निर्माण सेवाका सञ्चालक दिनेश केसीले बताए ।

कालीगण्डकी किनारमा गतवर्ष एक करोड ८८ लाखको लागतमा १२४.५ मिटर र त्योभन्दा अघिल्लो वर्ष ६३ मिटर पक्की पर्खाल निर्माण भएको थियो । यसैगरी सिँचाइ मन्त्रालयले बेनी बजार संरक्षण कार्यक्रमको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गरेको छ ।

अर्थमन्त्रालयमा पेस गरिएको डिपिआर स्वीकृत भएपछि बहुवर्षे ठेक्कामार्फत काम अघि बढाइने इञ्जिनिर भट्टचनले बताए । आर्थिक वर्ष २०७६÷७७ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाका लागि ५३ करोड बजेट प्रस्ताव गरिएको छ ।

बेनी बजार नदी कटानका हिसाबले देशमै जोखिमयुक्त सहर मानिन्छ । यसअघि नदी किनारमा तारजाली ग्याविन भरेर पर्खाल लगाउँदै आए पनि कटानको दिगो नियन्त्रणका लागि दुई वर्षअघि गुरुयोजना तयार गरी पक्की पर्खाल लगाउन थालिएको थियो ।

बेनी बजारस्थित कालीगण्डकी र म्याग्दी नदी किनारमा पक्की पर्खाल लगाउने गरी बहुवर्षे योजना सञ्चालन गरिएको छ । नदी किनारमा पर्खाल लगाएपछि त्यसमाथि फिलिङ गरेर चक्रपथ सञ्चालन गर्ने योजना बनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस