Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

इन्डोनेसियामा बाढी पहिरो, चारको मृत्यु, हजारौँ विस्थापित


प्रशासन संवाददाता

२१ फाल्गुन २०७३, शनिबार


जाकार्ता(एजेन्सी) । बाढी पहिरोका कारण इन्डोनेसियाको सुमात्रा प्रान्तको पश्चिमी क्षेत्रका चार जनाको मृत्यु भएको छ भने हजारौँ विस्थापित भएका छन् ।

लिमापुलुह कोटा जिल्लाको कोटो आलम गाउँमा भारी वर्षापछि आएको बाढी पहिरोले सञ्चार सेवा अवरुद्ध पारेको जिल्ला प्रकोप व्यवस्थापन निकायका अप्रेसन प्रमुख नासृयन्तोले जानकारी दिए । उनले अरु दुई जना घाइते भएको पनि बताए ।

“बाढी पहिरोले आठ ओटा सवारी साधन बगाइदिएको छ, सवारी साधनसँगै बगेका चार जनाको शव धेरै टाढाबाट नियन्त्रणमा लिन सफल भइएको छ,” उनले भने ।

बाढी पहिरोले हजारौं स्थानीय बासिन्दालाई आफ्नो घर छाड्न बाध्य बारेको उनले बताए । इन्डोनेसियामा बेलाबेलामा आउने यस्ता बाढी पहिरोले धेरै जनाको मृत्यु हुने गरेको छ भने ठूलो मात्रामा धनसम्पत्तिको नोक्सानी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस