Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

लाइसेन्स कार्यालयको काम रोकिँदा सेवाग्राही मर्कामा


१० माघ २०७३, सोमबार


रुपन्देही । यातायात व्यवस्था कार्यालय, लुम्बिनी अञ्चलको कम्प्युटरको सर्भर (नेट) बिग्रिएका कारण एक हप्तादेखि काम ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

बुटबल कार्यालयले माघ २ गते आइतबार एक सूचना जारी गर्दै कम्प्युटरको सर्भर बिग्रदा लाइसेन्स जारी गर्ने, नवीकरण गर्ने, तथ्याङ्क राख्ने जस्ता महत्वपूर्ण काम गर्न नसक्ने उल्लेख गर्दा सेवाग्राही मर्कामा परेका हुन् ।

कार्यालय प्रमुख बेदप्रसाद अर्यालले कम्प्युटरको सर्भर बिर्गदा कुनै काम गर्न नसकिएको बताए । उनले मर्मतका लागि विभागमा पठाएको तर अझै केही दिन लाग्ने जानकारी दिए ।

उक्त सर्भर केन्द्रीय टाडा बैंकमा जोडिने हुँदा राजस्व सङ्कलन, दर्ता, नवीकरणजस्ता कुनै पनि काम गर्न नमिल्ने कार्यालयले जनाएको छ । गएको सातादेखि सरकारी कार्यालयमा काम ठप्प हुँदा टाढाबाट लाइसेन्स नवीकरण गर्न आउनेसमेत मर्कामा परेका छन् ।

लुम्बिनी अञ्चलका छ जिल्लासहित अन्य केही जिल्लालाई सेवा दिने कार्यालय बुटवलको यातायात व्यवस्था कार्यालयमा अहिले सेवा लिन पुग्ने सेवाग्राही दैनिकजसो कार्यालय पुग्दै फर्किदै गर्न बाध्य छन् । दैनिक कामको लागि निकै भिडभाड हुने यो यातायात कार्यालय केही दिनदेखि सुनसान बनेको छ भने कर्मचारी कुनै काम नभएको भन्दै गफ गरेर बसेका छन् । कार्यालयमा दैनिक एक हजारदेखि १२ सय जनाले सेवा लिने गरेको कार्यालयको भनाइ छ ।

वागमतीपछि लुम्बिनी लाइसेन्स कार्यालयमा सेवाग्राहीको बढी चाप हुने गर्दछ । रासस

प्रतिक्रिया दिनुहोस