Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

संशोधन प्रस्ताव पास नभए पनि चुनाव हुन्छः पूर्वगृहमन्त्री बस्नेत


७ माघ २०७३, शुक्रबार


 

जुम्ला । नेकपा (माओवादी केन्द्र) ६ नं प्रदेशका इन्चार्ज तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नतले संविधान संशोधन नभए पनि चुनाव हुने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) जुम्लाद्वारा आयोजित राजनीतिक वैचारिक प्रशिक्षण भेलालाई सम्बोधन गर्दै पूर्वगृहमन्त्री बस्नतले चुनाव घोषणाको समय नजिकिँदै गएकाले जिल्लास्थित नेता कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिए ।

मुलुकमा व्यवस्था बदलिए पनि मानव सोच र अवस्था सोचेअनुरुप नबद्लिएको भन्दै उनले माओवादी पार्टी युगको प्रमुख प्रतिनिधि बन्ने प्रयासका साथ अघि बढिरहेको बताए ।

कार्यक्रममा ६ नं प्रदेश कर्णालीका संयोजक मायाप्रसाद शर्माले मुलुकमा भौतिक विकासका साथै चेतनाको विकास अपरिहार्य रहेको औँल्याउँदै हरेक हार आफैँबाट जन्मने भन्दै जित पनि आफैँबाट सुनिश्चित हुनुपर्ने संयोजक शर्माको भनाइ थियो ।

केन्द्रीय सदस्य नवराज न्यौपानेले जित सुनिश्चितताका लागि पार्टीको आन्तरिक सङ्गठन सुदृढीकरण हुन अपरिहार्य रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस