२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय निकायको निर्वाचन गराउनु पर्छ – महामन्त्री कोइराला

अ+ अ-

विराटनगर । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले स्थानीय निकायको निर्वाचन भएपछि मुलुकले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

प्रेस युनियन मोरङद्वारा आज विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले अहिलेको अवस्थामा तह गत आधारमा निर्वाचन गराउँदा विवादको बीउ रोपिने सम्भावना देखिएकाले पुरानै संरचनाका आधारमा निर्वाचन गराउनु उपयुक्त हुने आफ्नो व्यक्तिगत सुझाव रहेको स्पष्ट पार्नुभयो ।

एउटा निर्वाचन भएपछि मुलुकले गति लिने उल्लेख गर्दै उहाँले त्यसपछि सीमाङ्कनको विवादलाई समाधान गरी प्रदेश र संसदीय निर्वाचन गराउनुपर्ने विषयमा जोड दिनुभयो ।

मुलुक सङ्कटग्रस्त अवस्थामै रहेको चर्चा गर्दै उहाँले संविधानलाई कार्यान्वयनका लागि पहिले स्थानीय निकायको निर्वाचन र त्यसपछि मधेसी मोर्चासहित सवै दल एकजुट भएर सीमाङ्कनको समस्या समाधान गरी प्रदेशको निर्वाचन गराउनुपर्ने धारणा प्रकट गर्नुभयो ।

उहाँले नेपाली काँग्रेस सबैभन्दा ठूलो पार्टी भएकाले मियो बनेर सवै दलहरुबीच समझदारी कायम गर्न अग्रसर हुनुपर्ने र मुलुकलाई सुरक्षित रुपमा अवतरण गराउनुपर्ने विषयमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस