हस्ताक्षर गर्न नमान्दा झन्डै कुटाई खाए सांसदले « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हस्ताक्षर गर्न नमान्दा झन्डै कुटाई खाए सांसदले


प्रशासन विशेष ब्युरो

३० मंसिर २०७३, बिहिबार


काठमाडौं । मुलुकलाई संघीय लोकतन्त्रिक गणतन्त्र घोषणा गरिएपनि संघीयताको मुद्दा पछिल्लो समय पेचीलो बन्दै गएको छ । स्थानीय तहमा इलाका बनाउँदा विवादको क्रम बढेको छ । यसैक्रममा बिहीवार पार्टीलाई ज्ञापनपत्र बुझाउन काँडाको प्रतिनिधित्व गर्दै आएका प्रतिनिधि मण्डल र बझाङ क्षेत्र नं. २ का सांसद लालबहादुर रावलबिच हात हालाहालसम्मको अवस्था सिर्जना भएको छ ।

जिल्लास्तरमा गरेको निर्णयका बारेमा पार्टी शीर्षस्थ कहाँ छलफलका लागि सांसद सहितको टोली ज्ञापनपत्र बुझाउन एमाले मुख्यालय धुम्बाराही पुगेको थियो । स्थायी कमिटीको बैठक जारी रहेका बेला भनाभन शुरु हुँदै जाँदा हात हालाहालको अवस्थासम्म पुगेको हो ।

स्थानीय राजनीतिक दलहरुको निर्णयअनुसार केन्द्र थपेर वा ११ मै सीमित गरेपनि काँडा गाविसलाई केन्द्र बनाउन दवाव दिने सहमति भएको थियो । सो विषयमा उपस्थित अन्य जना सांसदले हस्ताक्षर गरेका थिए भने रावलले १२ वटा गाउपालिका बनाउदा काँडालाई बनाउनु पर्नेमा कुनै दुइमत नभएको तर ११ वटैमा काँडालाई १ नम्बरमा राख्दा अन्य धेरै जनसंख्या भएको गाउपालिकालाई अन्याय हुन्छ भन्दै हस्ताक्षर गर्न नमानेपछि आक्रोसित युवााहरुले मुखै फोडेर जबर्जस्ती हस्ताक्षर गराउन खोज्दा स्थिति तनावपूर्ण बनेको थियो ।

प्राविधिक समितिले ११ वटामात्र केन्द्र राख्ने निर्णय गरेपछि काँडा गाविसका बासिन्दा आन्दोलित छन् । जिल्लास्तरिय प्राविधिक समितिले तोकेको गाउँपालिकाको केन्द्र चार घण्टाको पैदल दुरीमा राख्ने मापदण्डअनुसार काँडा गाविसमा केन्द्र राख्नुपर्ने स्थानीयको माग छ ।
थप हेर्नुहोस् ।

 अरु त दिएनौ, दिएनौ एउटा गाउपालिका त देऊ न सरकार !

प्रतिक्रिया दिनुहोस