रक्सी ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रक्सी ?


प्रशासन विशेष ब्युरो

१६ मंसिर २०७३, बिहिबार


बझाङको कुरा गर्नुुहुन्छ भने एक नम्बरमा रक्सी हटाउनु छ । यो कुरुती हो । दोसो नम्बरमा छुवाछुत हटाउनुछ । यी कुरुती र विकृति हटाउन सक्यो भने राम्रो हुन्छ, जसले विकासमा बाधा गरेको छ । काममा बाधा भएको छ, धर्म, संस्कृतिमा बाधा छ । त्यो कुराको अनुभव अवको पुस्ताले गर्नुपर्छ । सामाजिक हिसावले वा क्रान्तिका रुपमा यसलाई हटाउनुपर्छ । यसका लागि आफू नमूना भने हुनुपर्छ ।

म जिल्ला विकास समितिको सदस्य दुई पटक भएको छु । मैले जिल्ला परिषदमा पटक पटक रक्सी बन्द गर्न आवाज उठाएँ । रक्सी खाएर मोजमस्ती गर्ने अवस्था बझाङीहरुको होइन । मैले हर ठाउँमा यसको विरोध गर्छु। मलाई त यो रक्सीको कडा विरोधी हो भनेर नै चिन्छन् । रक्सीको विरोधी मानिस हो भनेर यसलाई भोटै दिनु हुदैन भनेर पनि भने मलाई ।

मलाई महिलाहरुले भोट दिएका हुन् । भोट दिएका महिलाहरुको आशा र विश्वास खै त भन्दा मेरो एउटा कुशलता के हो भने आचार विचारमा प्रष्ट छु । त्यसो भएर मात्र मैले जितेका हुँ । अव लाग्छु रक्सी नियन्त्रणका लागि ।

प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग कुरा गरेको छु । एक जना दुइ जनाले गरेर नहुने भएकोले अहिलेसम्म कायम रहेको छ । हाम्रो नेता नेतृत्व नै रक्सी खान्छन् । कर्मचारीमा पनि त्यही हो, हाकिमले खायो भनेपछि त तल्लो तहका कर्मचारीले रक्सी खाइहाल्छन् नि । बझाङीलाई दुई छाक खान त धौधौ छ त्यसैले पैसाको नोक्सान, समाजमा सम्वन्धमा असर छ त्यसैले समाजको बिकृतिका रुपमा रहेको यो रक्सीलाई हटाउनुपर्छ । मैले त प्रत्येक ठाउँमा जाँदा रक्सीबाट हुन सक्ने बिकृतिका बारेमा पाठ्यक्रममा राख्नुपर्छ भन्छु । समाजमा नेतृत्व गर्नेहरुले रक्सी नखाइदिए हुन्थ्यो । कम्तिमा कार्यालयका हाकिमले खानु भएन ।

रक्सीका कारण बझाडमा धेरै मुद्दा मामिल आउने गरेकाले तपाईको प्रशासकीय भूमिका के हुन सक्छ भनेको छुु सिडियो र डिएसपि सापलाई, उहाँहरुले यसलाई रोक्न प्रयास गर्छौ भन्नुभएको छ । जहाँ जाँदा पनि पहिलो भाषण नै यही हुन्छ रक्सी बन्द गर्नुपरो ।

रावल बझाङबाट सभाषद हुनुहुन्छ । 

लेखकबाट थप

चैनपुर–ताक्लाकोट सडक: सरकारी उपेक्षा कहिलेसम्म ?

प्रतिक्रिया दिनुहोस