महानिरीक्षक खनालबाट दर्ज्यानी चिन्ह सुशोभन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महानिरीक्षक खनालबाट दर्ज्यानी चिन्ह सुशोभन


३० चैत्र २०७५, शनिबार


काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय (माननीय मन्त्रीस्तर) को २०७५ फागुन ७ गतेको निर्णयले प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईलाई प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन्।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले अब्बल कामका लागि संगठनले सदैब उचित मुल्याङ्कन गर्ने चर्चा गर्दै थपिएको जिम्मेवारी पुरा गर्न आगामी दिनमा पनि अझै राम्रो काम गर्नुपर्ने बताए।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रहरी वरिष्ठ उपरीक्षक राई संयुक्त राष्ट्र संघीय मिसन, फर्म पुलिस युनिट सुडानमा कार्यरत रही हालै स्वदेश फर्किएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस