मिर्गौलापीडितलाई आर्थिक सहयोग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मिर्गौलापीडितलाई आर्थिक सहयोग


३० चैत्र २०७५, शनिबार


लम्की । कैलाली टीकापुर–१ का मिर्गौलापीडित ११ वर्षीया दुर्गा साउदको उपचारका लागि योग साधना केन्द्रले रु ५३ हजार सहयोग गरेको छ ।

पतञ्जली योग नगर समिति टीकापुरद्वारा सञ्चालित सो केन्द्रमा आयोजित एक कार्यक्रमका बीच पीडितकी आमा झुप्री साउदलाई शुक्रबार सो रकम हस्तान्तरण गरिएको हो ।

केन्द्रका संयोजक कल्पना जैशीले भने, “योगका साथै आर्थिक अवस्था कमजोर भएकाहरुका लागि मानवीय सेवा गर्नुपर्छ भन्ने भावनासाथ सबैतिरबाट सहयोग सङ्कलन गरेर सो रकम हस्तान्तरण गरेका हौँ ।” उनले भने, “सबैको सहयोग रहेमा बालिकाको ज्यान बचाउन सकिन्छ ।”

टीकापुरस्थित आरएमई स्कूलमा कक्षा ७ मा अध्ययनरत बालिका दुर्गाको उपचार काठमाडौंस्थित शिक्षण अस्पतालमा भइरहेको उनकी आमा झुप्रीले बताए ।

वक्यौता उठ्न बाँकी

लामो समयदेखि ग्राहकले टेलिफोन महसुल नतिर्दा नेपाल टेलिकम दूरसञ्चार कार्यालय टीकापुरलाई २० लाख ४६ हजार वक्यौता रकम उठाउन बाँकी रहेको छ ।

दूरसञ्चार कार्यालय टीकापुरबाट वितरण गरिएका ५७७ ल्याण्डलाइनको सो रकम वक्यौता उठाउन बाँकी रहेको टीकापुर शाखाले जनाएको छ ।

टीकापुर कार्यालयबाट वितरण गरिएका एक हजार ३२० ल्याण्डलाइनमध्ये ५७७ को वक्यौता तिर्न बाँकी रहेकाले त्यसको लाइन काटिएका छन् । सो सेवा प्रयोग गर्ने सेवाग्राहीहरुबाट १०० देखि ८७ हजारसम्म बक्यौता रकम असुल गर्नुपर्ने कार्यालयले जनाएको छ ।

पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरी वक्यौता रकम नतिर्ने ग्राहकको पहिले तीनपुस्ते नामावली प्रकाशित गरिने र त्यसपछि ती व्यक्तिका नाममा रहेका मोबाइल पनि बन्द गर्न सक्ने कानूनी प्रावधान रहेको टेलिकमले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस