एसपी विष्टलाई साढे दश लाख धरौटीमा छोड्न अदालतको आदेश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एसपी विष्टलाई साढे दश लाख धरौटीमा छोड्न अदालतको आदेश


१० चैत्र २०७५, आइतबार


निर्मला बलात्कार पछि हत्या प्रकरण

काठमाडौं । एसपी दिल्लीराज विष्टलाई दश लाख धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि छानबिन गर्ने क्रममा कमजोरी देखाएको आरोपमा बर्खास्तीमा परेका तत्कालीन एसपी विष्टलाई कञ्चनपुर जिल्ला अदालतले साढे १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अभियुक्तलाई यातना दिएको आरोपमा ६ लाख र प्रमाण नष्ट गरेको आरोपमा साढे ४ लाख रुपैयाँ धरौटी माग गरिएको कञ्चनपुर जिल्ला अदालतकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस