सिरहामा आगलागी, तीनको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिरहामा आगलागी, तीनको मृत्यु


१० चैत्र २०७५, आइतबार


आगलागी

सिरहा । आगलागीमा परी २ बालिकासहित तीन जनाको जलेर भृत्यु भएको छ ।

धनगढीमाई नगरपालिका–१४ मा आगलागीमा हुँदा दुई बालिकासहित तीन जनाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीमा दीपक धमलाकी ६ वर्षीया छोरी दीक्षा धमला र नित पोखरेलकी ७ वर्षीया छोरी रीता पोखरेलको जलेर भृत्यु भएको हो ।

त्यस्तै, कल्याणपुर नगरपालिका–७ स्थित घरमा सुतिरहेकै अवस्थामा आगलागी हुँदा ६५ वर्षीया वनारसीदेवी सदाको जलेर मृत्यु भएको छ ।

सदाको घरमा एक्कासि आगो लाग्दा १ लाखभन्दा बढीको धनसम्पत्ति जलेर नष्ट भएको छ ।

प्रहरीले आगलागीको कारण नखुलेको र यसबारे अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस