नेपाललाई हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि भारतले उचाल्यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाललाई हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि भारतले उचाल्यो


प्रशासन संवाददाता

८ चैत्र २०७५, शुक्रबार


काठमाडौं । साफ महिला च्याम्पियनसीपको उपाधि उचाल्ने नेपालको सपनामा फेरि एक पटक भारत बाधक बनेको छ ।

विराटनगरको शहिद रंगशालामा शुक्रबार भएको फाइनलमा नेपाललाई ३(१ गोल अन्तरले हराउँदै भारतले पाँचौ। पटक उपाधि जितेको हो । भारतसँग फाइनलमा नेपालको यो चौथो हार हो ।

घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो । तर, २३ औं मिनेटमा भारतकी डालिमा छिब्बरले फ्रिकिकमा उत्कृष्ट गोल गरिन् ।

त्यसको १० मिनेटपछि साबित्रा भण्डारीले गोल गर्दै घरेलु टोलीलाई फेरि खेलमा फर्काइन् ।

तर, दोस्रो हाफमा नेपालको प्रदर्शन राम्रो हुन सकेन ।

Tags :
प्रतिक्रिया दिनुहोस