न्युजिल्याण्ड मस्जिद आक्रमणमा ४० जनाको मृत्यु, २० घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

न्युजिल्याण्ड मस्जिद आक्रमणमा ४० जनाको मृत्यु, २० घाइते


प्रशासन संवाददाता

१ चैत्र २०७५, शुक्रबार


क्राइस्टचर्च, न्युजिल्याण्ड । न्युजिल्याण्डको क्राइस्टचर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विष्फोटमा परी कम्तीमा ४० जनाको मृत्यु भएको न्युजिल्याण्डका प्रधानमन्त्री यासिन्दा अडर्नले जानकारी गराएका छन् ।

उक्त आक्रमणमा परी २० जना घाइते भएका बताइएको छ । घाइते सबै जनालाई स्थानीय अस्पतालमा लगि उपचार शुरू गरिएको छ । घाइतेमध्ये अधिकांशलाई गम्भीर चोट लागेकोले मृतक सङ्ख्या बढ्न सक्ने बताइएको छ ।

‘यो प्रष्ट भएको छ कि आक्रमण आतङ्ककारी समूहबाट भएको हो,’प्रधानमन्त्री अडर्नले भने। ‘प्रारम्भिक अनुसन्धानपछि हामीलाई आएको सूचनामा आक्रमण सुव्यवस्थित तथा सुनियोजित रहेका बताइएको छ ।’

‘अन्य दुई विस्फोटक पदार्थ राखी पठाइएको आशङ्कामा दुई गाडीलाई नियन्त्रणमा लिई निष्क्रिय बनाइएको छ,’ प्रधानमन्त्रीले घटनास्थलबाट पाएको सूचनालाई उद्धृत गर्दै जानकारी गराए। रासस/एएफपी

प्रतिक्रिया दिनुहोस