लण्डनमा भेटियो खामभित्र विष्फोटक पदार्थ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लण्डनमा भेटियो खामभित्र विष्फोटक पदार्थ


२२ फाल्गुन २०७५, बुधबार


काठमाडौं । लण्डनका विभिन्न स्थानहरुमा खामभित्र विष्फोटक पदार्थ भेटिएको छ । हिथ्रो एयरपोर्ट, लण्डन एयरपोट वाटरलु स्टेनमा विष्फोटक पदार्थ फेला परेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

विष्फोटक पदार्थ ए–फोर साइजको खामभित्र भेटिएको छ । खाम भित्र राखिएका विष्फोटक पदार्थ खाम खोल्नासाथ आगो लाग्ने गरी राखिएको प्रहरीले बताएका छन् । यी विष्फोटक पदार्थले कसैलाई क्षति भने नपुर्‍याएको तथा उडान र रेलको आवागमनमा समेत कुनै असर नपुगेको त्यहाँका अधिकारीहरुले बताए ।

यो घटना किन र केका लागि गरिदैँछ भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसबारे सुरक्षाकर्मी र कर्मचारीहरुलाई त्यहाँका मेयर सादिखानले लण्डनलाई सुरक्षित बनाउन विशेष भूमिका खेलेको भन्दै धन्यवाद दिएका छन् ।

यसअघि अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामा र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई पनि हुलाकमार्फत विष्फोटक पदार्थ पठाइएको थियो । यद्यपि उनीहरुको ठेगानामा पुग्नु अगावै प्रहरीले जफत गरेपछि सम्भावित क्षति टरेको थियो ।

तर, सीएनएन टेलिभिजन च्यानलको कार्यालयमा त्यस्तै शंकास्पद बस्तु पुगेपछि समाचार कक्ष नै खालि गराउनु परेको थियो । यसलाई ‘पार्सल काण्ड’ भनेर बुझिन्छ । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस