घाइतेको अवस्था बुझ्न गृहमन्त्री मेडिसिटी अस्पतालमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

घाइतेको अवस्था बुझ्न गृहमन्त्री मेडिसिटी अस्पतालमा


११ फाल्गुन २०७५, शनिबार


काठमाडौं । नख्खुमा भएको बम विस्फोटको घटनामा घाइतेभएकाको अवस्था बुझ्न गृहमन्त्री रामबहादुर थापा बादल ललितपुर स्थित मेडिसिटी अस्पताल पुगेका छन्।

गएराति नख्खुमा रहेको एनसेल कार्यालय नजिक बम बिस्फोट हुँदा तीन जना घाइते भएका थिए । घाइते मध्ये गम्भीर घाइते ४९ वर्षीय सिंहप्रसाद गुरुङको उपचारको क्रममा मृत्यु भएको थियो ।

विस्फोटमा २६ वर्षीया प्रतीक्षा खड्का र २५ वर्षीया उरुषा मानन्धर घाइते भएका छन्। उनीहरु दुवैको मेडिसिटीमा उपचार भइरहेको छ ।

गृहमन्त्री थापाले घाइतेको उपचार सरकारले गर्ने तथा घटनाको छानबिन हुने बताए।

प्रतिक्रिया दिनुहोस