रह शर्माको उपन्यास ‘ईप्सान्त’ सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रह शर्माको उपन्यास ‘ईप्सान्त’ सार्वजनिक


५ फाल्गुन २०७५, आइतबार


काठमाडौं । साहित्यकार रह शर्मा (शशिकिरण रेग्मी) को उपन्यास ईप्सान्त शनिवार विमोचन भएको छ । चितवन साहित्य सङ्गमको आयोजनामा चितवनमा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलले पुस्तक लोकार्पण गरे ।

१२ वटा मुलुक पार गरेर अमेरिका पुग्दा बाटोमा एकजाना साथीको मृत्यू भएको घटनावृत्त उपन्यासको कारुणीक कथानक हो ईप्सान्त । प्रमुख अतिथि सिग्देलले मानिस मूलतः यायावरी प्राणी हो ।

अमेरिका पैसाको सपना बाढ्ने मुलुक हो र तयो प्राप्तिको लागी अभिमुख युवाहरू जायज नाजायज कुनैपनि मार्ग अपनाउदा हुने जोखिमको दर्दनाक घटनाक्रम समेटिएको उपन्यास ईप्सान्त हो ।

समीक्षक डा. धनेश्वर भट्टराईले हावामहलको सपनाले मान्छेलाई दुर्गतिमा पुर्‍याउने सन्दर्भ दिन ईप्सान्त सफ उपन्यास भएको जानकारी दिए । अमेरिकामा जान चाहाने र अमेरिका जानेको पीडाको वर्णन यस उपन्यासले सचित्र उतारेको कुरा बताए ।

कार्यक्रममा प्रेम रिमाल, रेशम विरहीले आफ्ना भनाइ राखेका थिए । कार्यक्रम साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईको अध्यक्षतामा भएको थियो । यो पुस्तक शिखा वुक्सले प्रकाशन गरेको हो । जसको मूल्य ३५०/– रहेको छ ।

प्रतिक्रिया दिनुहोस