पर्वतीय क्षेत्रमा उद्वारका लागि सशस्त्र प्रहरीको ‘तालीम शिक्षालय’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पर्वतीय क्षेत्रमा उद्वारका लागि सशस्त्र प्रहरीको ‘तालीम शिक्षालय’


५ फाल्गुन २०७५, आइतबार


काठमाडौं । पर्वतीय क्षेत्रको विपद् जोखिम न्यूनीकरण र उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले तालीम शिक्षालय बनाउने भएको छ ।

सरकारबाट कार्यक्रम स्वीकृत भएर आएसकेकाले शिक्षालय स्थापनाका लागि गृहकार्य थालिएको हो । हिमालय क्षेत्रमा हुने जोखिम न्यूनीकरण र जोखिममा परेकाको उद्धारका लागि जनशक्ति तयार गर्न सो शिक्षालय स्थापना गर्ने प्रक्रिया शुरु भएको सशस्त्र प्रहरीका प्रवक्ता सुरजकुमार श्रेष्ठले जानकारी दियो ।

‘शिक्षालय कहाँ राख्ने यकिन भएको छैन तर हामीले मनाङको दुई–तीन स्थानमा जग्गा हेरेका छौँ, जग्गा उपलब्ध हुन बाँकी रहेकाले कुन प्रकृतिको जग्गा प्राप्त हुन्छ, त्यही आधारमा बजेट निर्धारण हुन्छ ।’ उनले भने,

यसअघि आ–आफ्नो क्षेत्रमा भएका एकाइ र विपद् व्यवस्थापन तालीम केन्द्रमार्फत पर्यतीय क्षेत्रमा उद्धार हुँदै आएकामा छुट्टै शिक्षालय स्थापनापछि हिमालय क्षेत्रको विपद् व्यवस्थापनमा सहयोग मिल्ने आशा गरिएको छ ।

शिक्षालयका लागि प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा १७६ जनशक्ति आवश्यक पर्छ । तत्कालका लागि पूरै व्यवस्थापन गर्न नसकिए प्रहरी उपरीक्षककै नेतृत्वमा भए पनि एकाइ स्थापना गरेर काम अगाडि बढाउने सोच सशस्त्र प्रहरीको छ । त्यसका लागि केही महीना लाग्ने प्रवक्ता श्रेष्ठले बताए ।

सशस्त्रमा अहिले नुवाकोटको ककनीमा युएन पिस किपिङ्ग तालीम शिक्षालय छ । चितवनको कुरिनटारमा विपद् व्यवस्थापन तालीम शिक्षालय, पोखरामा दङ्गा नियन्त्रण तालीम शिक्षालय, नवलपरासीको वर्दघाटमा सीमा सुरक्षा तालीम शिक्षालय र बाँकेमा सशस्त्र प्रहरी जवान तालीम शिक्षालय छ

Tags :
प्रतिक्रिया दिनुहोस