प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा दीक्षान्त समारोह सम्पन्न (फोटो फिचर) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा दीक्षान्त समारोह सम्पन्न (फोटो फिचर)


२९ माघ २०७५, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मंगलबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित १७८औं समूह प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ ।

समारोहमा प्रधानमन्त्री ओलीले तालिमका उत्कृष्ट प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलाई पुरस्कार वितरण गर्नुका साथै प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा प्रकाशित ‘प्रेरणा २०७५’ को लोकार्पण गरे ।

पुरस्कृत हुने प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुमा तालिममा सर्वप्रथम हुने कमल क्षेत्री, सर्वद्वितीय कुशराम कार्की, सर्वतृतीय विष्णुबहादुर बस्नेत, अध्ययन प्रथम कमल क्षेत्री, कवाज प्रथम सुशिल थापा, शारीरिक व्यायाम तथा आत्मवल अभिवृद्धि प्रथम राकेश रेग्मी, प्रहरी युक्ति तथा कारबाही प्रथम प्रदिप सुवेदी, चाँदमारी प्रथम शेखरकुमार साह रहेका छन् । साथै उक्त अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानका पूर्व समादेशक चिन्तबहादुर बस्नेतलाई सम्मान पत्र प्रदान समेत गरे ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्याय प्रदान गर्ने सन्दर्भमा नेपाल प्रहरीबाट नै हरेक विषय प्रारम्भ हुने भएकोले नेपाल प्रहरीको कर्तव्य असिमित र बहुआयामिक रहेको चर्चा गर्दै विगतमा नेपाल प्रहरीले अत्यन्तै कठिन अवस्था पार गर्दै आजको दिनसम्म आइपुगेको बताए ।

नेपाल प्रहरी आधुनिक, सक्षम र दुनियासँग प्रतिष्पर्धा गर्ने सक्ने भएको उल्लेख गर्दै दीक्षीत भई जाने प्रहरी निरीक्षकहरुले अनुशासनमा बसेर स्वाभिमानपूर्क देश, जनता, संगठनका लागि बफादार भई आफ्नो जिम्मेवारी पूरा गर्नु पर्ने उनले बताए ।

नेपाल प्रहरीले विगतमा शान्ती सुरक्षा कायम राख्ने सन्दर्भमा असाधरण भूमिका खेलेको बताउँदै नेपाल प्रहरीलाई वैज्ञानिक, भौतिक सुविधा सम्पन्न, प्रविधिले युक्त बनाउन सरकार तत्पर रहेको प्रधानमन्त्री ओलीले चर्चा गरे ।

समुन्नत समाज निर्माण गर्न सुशासनका आधार र विकास आधारहरुमा केन्द्रीत भएर अगाडि बढ्न सरकार प्रयासरत रहेको र यसैबाट समृद्ध नेपाल र सुखी नेपालीको आधार निर्माण गर्न सकिने समेत उनले बताए ।

हाल देशले विकासको असाधारण सम्भावना बोकेको र यस्ता कुरा ध्यानमा राखी प्रहरीले देशमा शान्ती सुव्यवस्था कायम गर्नुपर्ने उल्लेख गर्दै विश्वासका साथ अगाडि बढी देश विकासको महाअभियानलाई सफल बनाउनु पर्ने प्रधानमन्त्री ओलीले बताए ।

समारोहमा मन्तव्य व्यक्त गर्दै माननीय गृहमन्त्री रामबहादुर थापा बादलले आम नागरिकबाट व्यवसायीक प्रहरीमा रुपान्तरण गर्न आधारभूत तालिम महत्वपूर्ण रहेको चर्चा गर्दै अविचलित निष्ठाका साथ मुलुकले अख्तियार गरेको समुन्नतीतर्फको यात्रालाई सुनिश्चित राख्न शान्ती सुरक्षा कायम राख्ने गम्भीर जिम्मेवारी प्रहरी अधिकृतहरुलाई प्राप्त भएको बताए ।

अपराध अनुसन्धानमा नेपाल प्रहरी गतिशिल, निष्पक्ष र सक्षम रहेको तथा न्याय प्राप्तिका लागि उठाउने हरेक कदममा नेपाल प्रहरीको साथमा सरकार रहेको समेत उनले बताउए ।

प्रहरी संगठनका कर्मचारीले कानुनको सर्वोच्चतामा क्रियाशिल हुनुपर्ने उल्लेख गर्दै वातावरणीय अनुकुलता प्रदान गर्न सुरक्षा कवचको रुपमा सरकार तयार रहेकोले प्रहरी अधिकृतहरुलाई व्यतिगत जीवनमा समेत सचेत भई अगाडि बढ्न गृहमन्त्री थापाले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस