प्रभु बैंकले १० प्रतिशत लाभांश दिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रभु बैंकले १० प्रतिशत लाभांश दिने


प्रशासन संवाददाता

२२ पुस २०७५, आइतबार


काठमाडौं । प्रभु बैंंकले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको आजको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ मा कायम भएको चुक्ता पूँजीको ५ प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो । यस्तै कर प्रयोजनसहित ५ दशमलव २६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र वार्षिक साधारणसभाले स्वीकृत गरेपछि शेयर धनीलाई वितरण गरिनेछ । भार्गव विकास बैंकले ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । आव २०७४/७५ को नाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको चुक्ता पूँजी रु ५० करोड १६ लाखको छ प्रतिशतले हुन आउने रु तीन करोड ९६ हजार नगद लाभांश वितरण गर्न लागिएको हो । बैंकको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र साधारणसभाले स्वीकृत गरेपछि वितरण गरिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस