सरकारलाई गगन थापाको प्रश्न : कर्मचारीलाई थाङ्ने भनेर अगाडी बढ्छ कि समाधान खोज्छ ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकारलाई गगन थापाको प्रश्न : कर्मचारीलाई थाङ्ने भनेर अगाडी बढ्छ कि समाधान खोज्छ ?


प्रशासन विशेष ब्युरो

१३ पुस २०७५, शुक्रबार


कर्मचारी

काठमाडौँ। प्रमुख विपक्षी नेपाली काँग्रेसले कर्मचारी समायोजन अध्यादेश तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।

शुक्रवारको संसद् बैठकमा काँग्रेस सांसद गगन कुमार थापाले अध्यादेश फिर्ता लिएर संघ, प्रदेश र स्थानीय तहको निजामती सेवा ऐन तत्काल ल्याउन आग्रह गरे ।

सरकारको ढंग नपुगेको पछिल्लो कडी कर्मचारी समायोजन अध्यादेश भएको तर्क गर्दै नेता थापाले भने ‘अध्यादेशविरुद्ध सिंहदरवारमा कर्मचारी आन्दोलन गरिरहँदा सरकार कर्मचारीलाई थाङ्ने भनेर अगाडी बढ्छ कि समाधान खोज्छ ?’

‘अध्यादेश फिर्ता लगेर सरकारले नयाँ विधेयक बनाउन प्रक्रिया अगाडि बढाओस्, हामी रातदिन काम गर्न तयार छौँ,’ थापाले भने, ‘एउटै सेवामा एकै पटक प्रवेश गर्ने कर्मचारीमध्ये एउटा मुख्यसचिव बन्न पाउने अर्को तलै रोकिनुपर्ने अवस्था हुनुहुँदैन।’

उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको कर्मचारी समायोजन ऐन, २०७४ लाई कार्यान्वयनमा लैजानुभन्दा पनि वर्तमान सरकारले अध्यादेश ल्याएर झन् जटिलता थपेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस