विद्यार्थीलाई शैक्षिक सामग्री « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विद्यार्थीलाई शैक्षिक सामग्री


११ पुस २०७५, बुधबार


कैलाली । सामाजिक विकास निर्माण उपभोक्ता समितिले धनगढी उपमहानगरपालिका भित्रका चार सार्वजनिक विद्यालयका ६० विद्यार्थीलाई दुई लाख बराबरको शैक्षिक सामग्री वितरण गरेको छ ।

समितिले शारदा माध्यामिक विद्यालयका २५, नवदुर्गा माध्यामिकका २०, शैलेश्वरी प्राथमिक विद्यालयका १० र मदरसा प्राथमिक विद्यालयका पाँच विद्यार्थीलाई विद्यालयको पोशाक, स्वीटर, एक दर्जन कापी, झोला लगायतका शैक्षिक सामग्री उपलब्ध गराएको हो । उक्त शैक्षिक सामग्री सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य टेकबहादुर रैका र उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले विद्यार्थीलाई वितरण गरेका हुन् ।

समितिका अध्यक्ष धर्मराज ओझाले विद्यालयमा अध्ययनरत गरीब, दलित, असहाय, पिछडिएका, आदिवासी तथा जनजाति विद्यार्थीमध्ये आर्थिक अवस्था कमजोरु भएकालाई प्रोत्साहन स्वरुप सामग्री वितरण गरिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस