कोइला खानी दुर्घटनामा १३ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोइला खानी दुर्घटनामा १३ जनाको मृत्यु


प्रशासन संवाददाता

६ पुस २०७५, शुक्रबार


प्राग । चेक रिपब्लीकको पूर्वी क्षेत्रमा रहेको एक कोइला खानीमा दुर्घटना हुँदा १३ जनाको खानी मजदूरको मृत्यु हुनुका साथै अरु १० जना घाइते भएका छन् ।

ओकेडी माइनिङ कम्पनीका प्रवक्ता इभो सेलेचोभ्स्कीले मारिएका १३ जनामा ११ जना पोल्यान्डका र २ जना चेकोस्लोभाकियाका रहेको जानकारी दिए ।

उक्त दुर्घटना बिहीबार अपराह्न राजधानी प्रागबाट करिब ३०० किलोमिटर पूर्व काराभिना सहरको सीएसएम खानीमा भएको थियो ।

उक्त दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको कम्पनीले जनाएको छ ।

चेक रिपब्लीक समेतका पूर्वी युरोपका देशहरुमा ठूलो संख्यामा कोइला खानी सञ्चालनमा रहेका र तिनीहरुमा निकै जोखिम रहने गरेको छ ।

प्रतिक्रिया दिनुहोस