स्थानीय तहले राष्ट्रिय शिक्षा नीतिलाई अनुसरण गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

स्थानीय तहले राष्ट्रिय शिक्षा नीतिलाई अनुसरण गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई


प्रशासन विशेष ब्युरो

५ पुस २०७५, बिहिबार


राष्ट्रिय शिक्षा नीति

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहले पनि राष्ट्रिय शिक्षा नीति अनुरूप कै नीति तय गर्नुपर्ने बताएका छन् ।

उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले आज बुढानीलकण्ठमा आयोजना गरेको राष्ट्रिय शिक्षा सम्मेलनको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

‘अहिले शिक्षाको नीति नियम बनाउने कुरा प्रदेश र स्थानीय तहलाई पनि दिइएको छ तर यी निकायले पनि राष्ट्रिय शिक्षा नीतिको अनुसरण गर्नु पर्दछ’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले नेपालमा अझै पनि धेरै बालबालिका विद्यालय बाहिर रहेको बताउँदै उनीहरूलाई विद्यालय भर्ना गराउन सरकार प्रयासरत भएको बताएका छन् । ‘यस वर्ष हामीले कर्णालीबाट विद्यालय भर्ना अभियान सुरु ग¥यौं’ प्रधानमन्त्री ओलीले भने, ‘आगामी वर्षभित्र विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर हुँदैनन् ।’

नेपालीहरू विद्वान पुर्खाका सन्तान भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीले आफ्नो रुचि अनुसारको अध्ययन गर्ने अवसर नपाउँदा पछि परेको बताएका छन् । अभिभावक र विद्यालयको रुचि अनुसार पढिदिनु पर्दा विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्फुटन गर्न नसकेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘महँगो शुल्क लिएर पढाइरहेका निजी विद्यालयहरूलाई पनि म भन्न चाहन्छु पैसाको लोभमा विद्यार्थीको रुचिलाई नमार्नु होस’ प्रधानमन्त्री ओलीले भने ‘विद्यार्थीको रुचि अनुसारको विषय तपाईँको विद्यालयमा पढाइ हुँदैन भने उनीहरूलाई विद्यालयमा पढाउन सिफारिस गरिदिनुहोस ।’

नेपाललाई विकासमा नेतृत्व गर्न सक्ने जनशक्ति आवश्यक परेकोले त्यसै अनुसारका विषयहरू छनौट गरेर पठन पाठन हुनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस