विद्यालयमा सोलार र कम्प्युटर जडान « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

विद्यालयमा सोलार र कम्प्युटर जडान


५ पुस २०७५, बिहिबार


पाल्पाको निस्दी गाउँपालिका–६ अर्चलेमा रहेको सिन्दुर आधारभूत विद्यालयमा सोलार र कम्प्युटर जडान गरिएको छ ।

गाउँपालिकाको रु तीन लाख ५० हजार आर्थिक सहयोग र विद्यालयको रु ३५ हजार गरी जम्मा रु तीन लाख ८५ हजारको लागतमा विद्यालयमा सोलार र कम्प्युटर जडान गरिएको हो । नौ सय वाट क्षमताको सोलार, दुई वटा कम्प्युटर, दुई वटा फोटोकपी मेशिन जडान गरिएको प्रधानाध्यापक हुमबहादुर सुनारीले जानकारी दिनुभयो ।

विद्यालयमा सोलार र कम्प्युटर जडान भएपछि विद्यार्थीलाई प्राविधिक शिक्षा दिन सजिलो हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर विकले बताउनुभयो । विद्यालयमा हाल १८१ विद्यार्थी अध्ययनरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस