कर्मचारी समायोजन अध्यादेश सम्बन्धमा कर्मचारी संगठनको ध्यानाकर्षण, १५ बुँदे धारणा सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्मचारी समायोजन अध्यादेश सम्बन्धमा कर्मचारी संगठनको ध्यानाकर्षण, १५ बुँदे धारणा सार्वजनिक


प्रशासन संवाददाता

२६ मंसिर २०७५, बुधबार


कर्मचारी समायोजन

काठमाडौँ । राष्ट्रिय निजामती कर्मचारी संगठनले कर्मचारी समायोजन अध्यादेश, २०७५ सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।

संघीय संसद् समेत छलेर सरोकारवाला कर्मचारीहरुसँगसमेत प्रशस्त छलफल नगरी हतारमा लागु गर्न खोजिएको “कर्मचारी समायोजन अध्यादेश, २०७५” सम्बन्धमा संगठनको ध्यानाकर्षण भएको जनाउँदै विभिन्न १५ बुँदे धारणाहरू सार्वजनिक गरेको छ ।

उच्च पदमा बसेर निम्नस्तरका कर्मचारीहरूलाई मनोवैज्ञानिक त्रास उत्पन्न गरी कर्मचारी समायोजन गर्न खोजिएकाले समायोजित कर्मचारीहरूबाट गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह हुन नसक्ने हुँदा सरकारको “समृद्ध नेपाल, सुखी नेपाली”को नारा पुरा गर्न बाधा पर्ने देखिएकाले उक्त “कर्मचारी समायोजन अध्यादेश, २०७५” सम्बन्धमा सङ्गठनको निम्नानुसार धारणाहरू सार्वजनिक गरेका छौ सङ्गठनका अध्यक्ष टोप बहादुर बानिया र महासचिव अमर सिंह वलीद्धारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ

हेर्नुहोस् विज्ञप्ति

 

 

Tags :
प्रतिक्रिया दिनुहोस