मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते


प्रशासन संवाददाता

२० मंसिर २०७५, बिहिबार


बस दुर्घटना

भक्तपुर । काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा९३प १४१९ नंको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक जुगल गापा ४ का २३ वर्षीय कुमार श्रेष्ठको आज मृत्यु भएको छ ।

मध्यपुरथिमि नपा १ लोकन्थलीस्थित अरनिको राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २५ वर्षीय राजकुमार श्रेष्ठ भने घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

घाइते श्रेष्ठको नागरिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस