इरानमा बम बिस्फोटबाट तीन जनाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

इरानमा बम बिस्फोटबाट तीन जनाको मृत्यु


प्रशासन संवाददाता

२० मंसिर २०७५, बिहिबार


तेहरान । प्रहरी कमान्ड पोस्टमा बिहीबार भएको एउटा बम आक्रमणमा तीन जनाको मृत्यु भएको सरकारी समाचार संस्था ९इर्ना० ले जनाएको छ । इरानको अशान्त चाबाहार शहरमा उक्त आक्रमण भएको थियो ।

स्थानीय टेलिभिजनका अनुसार आतङ्कवादी आक्रमणबाट अरु धेरै व्यक्ति घाइते भएका छन् । बम आक्रमण भएको सिस्तान–बलुचिस्तान प्रान्त पाकिस्तानी बलुची पृथकतावादी र जिहादी समूहको आश्रयस्थल पनि हो ।

यी समूहले इरान–पाकिस्तानको सीमा वारपार बेलाबखत हिंसात्मक आक्रमण गर्ने गरेका छन् । रासस/एएफपी

Tags :
प्रतिक्रिया दिनुहोस