मेडिकल र किराना पसलमा आगलागी, एक करोड बराबरको क्षति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मेडिकल र किराना पसलमा आगलागी, एक करोड बराबरको क्षति


२० मंसिर २०७५, बिहिबार


आगलागी

राँझा । नेपालगञ्जका दुई मेडिकल र एक किराना पसलमा गए राति आगलागी हुँदा लाखौँको सामान नष्ट भएको छ।

बिपीचोक नजिकै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल अगाडि रहेको राकेशकुमार कुम्हालको सफा मेडिकल र लालुमाया चलाउनेको माया फार्मेसी र धीरज जनरल स्टोरमा मध्यरातमा आगलागी भएको थियोे।

आगलागीबाट मेडिकलमा रहेका सम्पूर्ण औषधि र किराना पसलको सामान जलेर नष्ट भएको नेपालगञ्ज वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए।

विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने उल्लेख गर्दै उनले आगलागी भएको थाहा पाउनासाथ आएका सुरक्षाकर्मी, दमकल र स्थानीयबासीको सहयोगमा आगो निभाए पनि औषधिजन्य वस्तु जलेर नष्ट भएको बताए।

सफा मेडिकलका सञ्चालक राकेशकुमार कुम्हालले ५० लाखभन्दा बढीको औषधि नष्ट भएको उल्लेख गरे।

उनले ४५ लाखमा पसलको बिमा गरेका थिए।

औषधि व्यवसायी संघ जिल्ला अध्यक्ष अभयकुमार बस्नेतले दुई मेडिकलमा ९० लाख बढीका औषधि जलेर नष्ट भएको अनुमान गरिएको बताए।

केही महिनाअगाडि मात्रै नेपालगञ्जकै धम्वोझीमा रहेको जीवन शर्माको औषधि पसलमा पनि आगलागी भएको थियो।

प्रतिक्रिया दिनुहोस