चर्चित क्रिकेटर सन्दीप लामिछाने कलेज भर्ना, पूर्ण छात्रवृत्ति प्रदान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चर्चित क्रिकेटर सन्दीप लामिछाने कलेज भर्ना, पूर्ण छात्रवृत्ति प्रदान


१८ मंसिर २०७५, मंगलबार


काठमाडौं । चर्चित क्रिकेटर सन्दीप लामिछाने कलेज भर्ना भएका छन् । उनी बौद्धस्थित जेभियर इन्टरनेसनल कलेजमा मंगलबार बिहान भर्ना भएका हुन् ।

लामिछाने मानविकी संकाय अन्तर्गतको बीएसडब्लुमा भर्ना भएको जेभियर कलेजले बताएको छ । कलेजले उनलाई तीन वर्षे कोर्सका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको जनाएको छ ।

सो कलेजले गरीब तथा विपन्न विद्यार्थीहरुलाई २० प्रतिशत छात्रवृत्ति दिनेगरेको छ ।

सन्दीपले खेलमार्फत देशको छवि बढाएकाले सम्मानस्वरुप उनलाई कलेजले पूर्ण छात्रवृत्ति दिएको हो ।

उनले प्लस टु म्यानेजमेन्ट विषय लिएर पढेका थिए ।

प्रतिक्रिया दिनुहोस