ढुङ्गेबजार लघु जलविद्युतबाट १५० घरधुरी लाभान्वित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ढुङ्गेबजार लघु जलविद्युतबाट १५० घरधुरी लाभान्वित


१७ मंसिर २०७५, सोमबार


डोटी । डोटी जोरायल गाउँपालिका–६ स्थित निर्माणाधीन १८ किलोवाट ढुङ्गेबजार लघु जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण सम्पन्न भएको छ ।

जोरायल गाउँपालिकाको रु सात लाख तथा ६ नंं वडा कार्यालयको रु चार लाख गरी कूल रु ११ लाखको लागतमा सो विद्युत्गृह निर्माण भएको हो । विद्युत्पोल तथा तार विस्तार गर्ने कार्य बाँकी रहेको निर्माण समितिका अध्यक्ष टेकबहादुर साउँदले बताए ।

पोल तथा तार विस्तार गर्ने कार्य सकेपछि आयोजनाबाट उत्पादित विद्युत् बितरण गर्ने बताउँदै उनले उक्त जलविद्युत्बाट ग्वानी, खसरे, गुनड र सिर्सिगाउँका करीब १५० घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित हुने जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस