४० लाखमा सामुदायिक भवन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

४० लाखमा सामुदायिक भवन


प्रशासन संवाददाता

२६ कार्तिक २०७५, सोमबार


कार्यालय भवन

बलेवा । जिल्लाको काठेखोला गाउँपालिका–८ का एक युवाको नेतृत्वमा सङ्कलित रकमबाट सामुदायिक भवन निर्माण गरिएको छ ।

उक्त भवनका लागि लेखानीका लालबहादुर रोकाले हजुरबुबा भीमबहादुरको स्मृतिमा रु १२ लाख ४० हजार लगानी गरेपछि लेखानी युके समाजबाट रु १२ लाख, सिङ्गापुरमा बसोबास गर्दै आएका नेपालबाट रु ८७ हजार र स्थानीय संघसंस्थाबाट रु १२ लाख सङ्कलन भएको थियो । भवन निर्माणका लागि स्थानीयवासीले रु ८१ हजार बराबरको श्रमदान गरेका वडाध्यक्ष चित्रकला छन्त्यालले बताए ।

व्यक्तिगत रुपमा धेरै रकम सहयोग गर्नुहुने लालबहादुरका हजुरबुबाकै नाममा सो भवन ‘भीमबहादुर रोका स्मृति भवन’नामाकरण गरिएको छ । “गाउँमा आवश्यक पर्ने सबै खाले सामाजिक कामका लागि उपयोग हुने गरी भवन बनाइएको हो । गण्डकी प्रदेशका काङ्ग्रेसका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले सो भवन उद्घाटन गरेका थिए । भवन निर्माणका लागि यहाँ दलित समुदायले पनि श्रमदान र नगद सहयोग गरेका थिए ।

भवन बनेपछि वडास्तरका सामाजिक कार्यक्रम, आमा समूह, नागरिक सचेतना केन्द्र, वडा नागरिक मञ्चका कार्यक्रम सञ्चालक गर्न सहज भएको छ । यसका साथै उक्त गाउँपालिकाले भूमेचउरमा भ्यूटावरसमेत बनाएको छ । यो टावरबाट लेखानीसहित बिहुँ, रेश र अन्य गाउँको दृश्य पनि देखिन्छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस