गोरखा । मदिरा सवेनका कारण एक जनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा गोरखा पालुङटार नगरपालिका–१ सातदोवाटोका ५८ बर्षीय जुठे नेपाली रहेको छ ।
उनी सातदोवाटो बजार नजिकै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रहरीले उनको अत्याधिक मदिरा सेवनका कारण मृत्यु भएको अनुमान गरेका छन् । घटनाबारे अनुसँधान भइरहेको र शव परीक्षणका लागि जिल्ला अस्पताल गोरखामा राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाकाले जनाएको छ ।