मोटरसाइकलको ठक्करले पैदल यात्रुको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मोटरसाइकलको ठक्करले पैदल यात्रुको मृत्यु


१ कार्तिक २०७५, बिहिबार


काठमाडौं । काठमाडौंको स्वयम्भु ठूलोभर्यारङमा मोटरसाइकलको ठक्करले एक पैदल यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भई काठमाडौं सानेभर्याङ बस्ने ५५ वर्षीय वीरबहादुर तामाङ रहेका छन् ।

बिहिबार बा.२६ प ३७०७ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा गम्भीर घाइते भएका तामाङको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाइकल चालक र मोटरसाइकल नियन्त्रण्मा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस